Showing posts with label poem. Show all posts
Showing posts with label poem. Show all posts

Jun 22, 2018

कविता :- "वातावारण"

वातावरण 

-प्रदिप कठायत, कक्षा:- ७, गान्धी 

रुख रोपौं वरिपरी , हरियाली बनाऔं,
साथीसंगी सबैमा, जनचेतना जगाऔं, 
वातावरण रक्षा गरे, सफा सुग्घर बन्छ,
रुख बिरुवा रोप्यो भने, हराभरा हुन्छ l  

घर आँगन सफा राखे, छिमेक सफा हुन्छ,
छिमेक सफा, समाज सफा, रास्ट्र सफा हुन्छ,
आफु मात्र होइन साथी, छिमेकीलाई भन्नु,
एउटा रुख काटेपछि, दुई बिरुवा गाड्नु l 

जल्ने फोहोर जलाई दिनु, कुहिनेलाई गाड्नु,
बिग्रिएका सिसा, फलाम, जम्मा पारी राख्नु, 
मिल्नेलाई पुनः प्रयोग, नमिल्नेलाई फाल्नु,
प्लास्टिक र फोहोरहरु, हुन्न कहिले बाल्नु l 

पानीलाई जोगाउन, वृक्षारोपण गर्नु, 
धारा,कुवा,नदीलाई, सधै सफा राख्नु,
जंगललाई मास्नुहुन्न, बस्छन जनावर,
बाघ,भालु, चितुवाको त्यहि नै हो घर l 

प्रदिप कठायत,
कक्षा:- ७ गान्धी 

May 8, 2018

गणितको इतिहास




source:- google 
गणित शब्दको उत्पति ग्रीक शब्द म्याथमाटिका बाट भएको हो । यसको अर्थ हुन्छ । ‘सिकिएको कुरा’ ।

गणितको इतिहास खोतल्ने हो भने इतिहासकालसम्म पुगिन्छ । साँच्चै भन्ने हो भने मानिसहरुको उत्पछि जतिकै गणित पनि पुरानो छ । त्यसबेलाको मानिसहरुले केही कुरा गन्नु पर्दा धर्काहरु तान्दथे र स–साना ढुङ्गा वा लठ्ठीहरुलाई प्रयोगमा ल्याउँथे । धेरैपछि आएर मानिसहरुले हातका औलाहरुको प्रयोग गरेर गन्तीको संख्या जनाउन थाले । मानिसहरुले लेख्न सिकेदेखि नै विभिन्न सख्यालाई जनाउन विभिन्न प्रकारका संकेत लेख्न थालेका हुन् । त्यसबेलाको मानिसहरुले एकको सख्या जनाउन सिंहको टाउको दुइको संख्या जनाउन चिलको पखेटा, तीनको संख्या जनाउन तिनपाते घाँसको पातलाई प्रयोगमा ल्याएको थिए । अन्य संख्या जनाउन वस्तुहरुलाई प्रयोगमा थिए ।  अन्य संख्या जनाउन वस्तुहरुलाई प्रयोगमा ल्याएको थियो । संख्या जनाउन वर्णमालाको प्रयोग भने प्राचीन ग्रीकबासीले गरेका थिए । समयको विभिन्न वलहरुमा गणीतको विकास भएको हाम्रो इतिहासले बताउँछ र यसरी गणीत वर्तमान अवस्थामा पुग्न सफल भएको छ ।

लक्ष्मी सम्बाहाम्फे

कक्षा :- ९