Showing posts with label article. Show all posts
Showing posts with label article. Show all posts

Oct 26, 2018

To Err is Human:- Sitaram Bishwokarma, English Teacher


To Err is Human
➤ English Teacher

“Anyone who has never made a mistake has never tried anything new.”
 – Albert Einstein
M
istakes are the incorrect opinions or actions, which give undesired output. To put it another   way, they are the erroneous actions, which produce unintended result. They may occur in either or both of the utterances and written texts. As none in the world is perfect, it is obvious for mistakes to occur. However, the severity of mistakes varies and so do the effects. On the basis of how much serious the effect is, the types of mistakes can be slip/lapse, error, mistake and blunder/howler. This may also be called the levels of mistake. Slip or lapse is the mistake made by the carelessness or by forgetting. Error is the mistake that one makes due to inaccuracy in information. Mistake also refers to the incorrectness of information.
However, the demarcation between these two can be traced i.e. when one commits error it can be corrected by the self if little more concentration is paid whereas the mistakes need to be corrected with the help of somebody else. On the other hand, blunder or howler is regarded as the stupid mistake. Slip has the least downbeat impact while the rate of negativity progressively increases as we go towards howler through error and mistake. When one is just careful, the lapses and errors can be minimized and the words like sorry, excuse me, pardon etc. are used by the speaker to get an excuse from the listener. Unlike this, the negative effects of mistake may not be effortlessly corrected as the person making mistakes is unaware of it. In contrast to the lapses and errors, the effects that the blunder or howler leaves on the speaker or the reader can in no way be minimized and the consequences may be quite disastrous.
Mistakes provide scaffolding for learning. As a mason takes the help of scaffolding to create the further structure of a building, same does a painter, a learner can take his/her mistakes to take him/her one step upper or further in course of learning. If one follows the 3 Rs of mistake viz. Regret, Realize, Reflect, mistakes can have exquisite effects in further achievement. When we regret about the mistake we have made, we try to avoid it the next time; similarly, realization of mistake is the process of learning from it. Likewise, if one reflects on the mistakes, s/he tries to avoid repeating them. Amine Ayad’s quote “Be humble to see your mistakes, courageous to admit them and wise enough to correct them” also suggests learning from mistakes. The reality is that people hardly see their own mistakes but when it comes to the other’s mistake, they hardly skip or forget it. Pointing out someone’s mistake is as easy as ABC whereas it is the toughest to see, admit and correct own mistake. Try not to point out other’s mistake because it is an absolute truth that you want to be better than anybody else. If yes, why not to see your own mistakes, admit them and learn from them? You yourself not anyone will be benefited out of it. Please adopt it as a habit. This ability of yours to see your own mistakes, acceptance of the mistakes and correction of the same will lead you to grand success of every action in life.
Many of us fail to learn from our mistakes. Why we fail to learn from our mistakes is either we do not see our own mistakes or we are too disappointed when our mistakes are spotted. We are afraid of making multiple mistakes when we know we have made one. That is what prevents us from making attempts and therefore from achievements and learning.“Success does not consist in never making mistakes but in never making the same a second time.” George Bernard Shaw has very rightly said this line because if one is afraid of making mistakes, s/he will never try to take action. Without beginning, it is far beyond impossible to achieve or learn.
Learning is possible only through a series of trials and errors. When we try something, it may not exactly work the very first time. We may do it wrong i.e. make mistake/error but having practised numbers of time we get the right ways to do it. Practice makes a man perfect. Practice is a repeated series of actions by means of which one can get perfection or completeness. When we practise making mistakes, we will be perfect in making mistakes and when we practise correcting mistakes we will be perfect in the same i.e. perfect in correcting ourselves from mistakes. To say in other words, when one becomes habituated to making mistakes it is really hard to get rid of it and when you make it a habit of correcting your mistakes and learning from them, you will be unknowingly correcting them. Therefore, you can be perfect the way you like. I am sure nobody likes to be a failure. So, practise correcting mistakes if you want to succeed.

********

Oct 11, 2018

बाल्यकालको दशैं (संस्मरण) :- भण्डारी खहरे

बाल्यकालको दशैं

हुन त म त्यस्तो दाह्री कपाल फुलेर सेतै भएको, ख्वांग-ख्वांग खोकिरहने, रोकि-रोकी बोलिरहने बुढो मान्छे त होइन, जसले ७०/८० बर्ष पहिलाको अनौठो दशैंको कथा सुनाओस l

तथापि मेरो दशैं फरक थियो र अहिलेको सन्दर्भमा “बिशेस” पनि हुन्थ्यो l किनभने दशैं आउदा एक्लै आउदैनथ्यो l दशैंमा विदेशबाट आफन्तको लर्को आउथ्यो, नयाँ लुगा आउंथ्यो, केहि कलर र ब्रसको पाहुर आउथ्यो, चकलेट र कमिक्सको किताब आउथ्यो, अनि ति सबैसंग अत्तर र नरिवलको तेलको बासना, नयाँ रेडियो वा टेपरिकर्डर आउथ्यो l आउथे, हरिदेबी कोइराला, बम बहादुर कार्की र पुरुसोत्तम न्यौपानेका गीतका क्यासेटहरु l

त्यत्ति मात्रै होइन, गाउँमा “अच्छा”, “लेकिन”, “क्यानाम”, “हाँ जी” जस्ता लवज आउथे l अजरुद्दीन, बिनोद काम्ले र सचिनका ब्याटिंगका कुरा आउथे l अक्षय खन्ना, जया बादुरी, अमिताभ बच्चनका फिल्मका कथा, एक्सन र डाइलग आउंथे l

गज्जबको हुन्थ्यो दशैं l

दशैंमा यत्ति मात्रै होइन, मासु खाने दिन आउथ्यो l बाहुनको घरमा जन्मेपछी कम्तिमा टन्न मासु खान कि त भाक्कल गरेको हुनुपर्थ्यो, कि त कुल पुजामा मावल (मामाघर) गा’को हुनुपर्थ्यो, कि त दशैं आउनु पर्थ्यो l नत्र मासु खाने भनेको आफ्नै नङ टोक्दा नङसंगै आउने मासुको टुक्रा वा चिनीमा परेको कमिलो मात्र हुन्थ्यो l

दशैँ आउदा कि बुवा आफै आउनु हुन्थ्यो विदेशबाट, कि त एउटा चिठी र केहि थान कपडा आउथे तर अचम्म, कपडा कहिले पनि ठिक्क साइजका आउदैन थिए l कहिले साना कपडा आउथे, किनकि बुवा एक बर्ष अघि बिदेस जाँदा हामी सानै हुन्थ्यो र बुवाले त्यहि अनुमान गर्नुहुन्थ्यो l कि त ठुला कपडा आउथे, किनकि बुवालाई लाग्थ्यो, हामी ठुला भैसक्यौ होला तर हामी खासै बढेका हुदैन थियौं, त्यसैले कपडा ठुला हुन्थे l तर ती कपडा सिर्फ कपडा भएर आउदैन थिए, बुवाको माया भएर आउथे, अँगालो भएर आउंथे, सम्झना भएर, सपना भएर र खुसी भएर आउथे, त्यसैले हामी जतनले लगाउथ्यौं र गाउँभरी उफ्री-उफ्री देखाउंदै हिड्थ्यौं l

तर, तर कहिलेकाही अचम्म हुन्थ्यो,  बुवाको चिठीमा “अहिले कपडाको कम्पनी बन्द भएको” खबर पनि आउथ्यो l त्यो खबरले हाम्रो लागि दशैंको खुसीको मुहान पनि बन्द हुन्थ्यो, हामी सुख्खा टारी खेत जस्ता ओंठ लिएर डुल्थ्यौं l अरुका नयाँ कपडाका चित्र कत्ति चहकिला भएर आँखामा गड्थे, चोक र चौतारोको बाटो दुस्मन हुन्थ्यो l छिमेकको आफ्नै साथी (जसले नयाँ कपडा पाएकोछ) पराई जस्तो लाग्थ्यो l

तर जहिले बुवाको चिठीमा “कपडाको पसल बन्द भएको” खबर आउथ्यो, त्यो बेला पैसा छाप्ने मेसिनले भने दिनरात काम गरिरहेको हुन्थ्यो होला शायद, नयाँ सर-सर बज्ने भा.रु. आउथे र नजिकैको बजारमा आमा जानुहुन्थ्यो र टिसर्ट, पाइन्ट र जुत्ता किनिदिनु हुन्थ्यो l अहिले पनि सम्झिन्छु, म ४/५ वर्षको थिएँ होला, त्यतिबेला करिब ५ सय पर्ने (एकदमै महँगो) बत्ति बल्ने र चुइचुइ कराउने जुत्ता, Made in Thailand लेखेको ६ सयको टिसर्ट, अनि विदेशबाटै आएको Timex कम्पनी को गोल्डेन कलरको घडी l साह्रै मन परेका थिए l

अहिले कपडा किन्न दशैं आउन पर्छ भन्ने छैन l त्यतिबेला पनि दशैं बाहेकमा कपडा नकिनिएका होइनन् तर दशैं आउदा नयाँ कपडा अनिबार्य नै हुन्थ्यो l मावल (मामाघर) जाँदा होस् वा तिजको डाँडामा (मेला हेर्न) जाँदा नयाँ कपडाको बिशेस महत्व हुन्थ्यो l

दशैं आउँदा केहि दिन अघि कपडा सिलाउने मेसिन सहित दमाई दाई आउनुहुन्थ्यो l उहाँ हाम्रो बालीघरे (पैसा दिन नपर्ने, बार्षिक रुपमा अन्नबाली दिनुपर्ने) हुनुहुथ्यो l  घरको पिंढीमा आएर बस्नुहुथ्यो l “ल  च्या खान परो है l” हजुरआमा तिर हेरेर भन्दै मेसिन बिसाउनु हुन्थ्यो l
तर उहाँ कहिल्यै पनि हामीले भनेको दिनमा आउनुहुन्थ्यो l आउछु भन्नुहुन्थ्यो तर झुट बोल्नुहुन्थ्यो l उहाँ आउछु भनेको दिनमा कम्तिमा १५ दिन जोड्नुपर्थ्यो l शायद उहाँले जानुपर्ने थुप्रै घर हुन्थेहोला तर उहाँ सहि नबोलेकोमा दुख लाग्थ्यो l

उहाँलाई बस्नलाई पिढीमा काम्लो र गुन्द्री बिछ्याइन्थ्यो l  हामी केटाकेटी खुसीले झुम्मिन्थ्यो l कट-कट गर्दै बज्ने मेसिन, हातले घुमाउन मिल्ने ह्यान्डल, मेसिनको माथि नाच्ने धागो र टाउकोको टोपीमा घुसारेको सियो र खरी अनि धारिलो कैची l

हामीलाई हेर्न रहर लाग्थ्यो l तर हामीले नजिक गएको हजुरआमाले जाती मान्नुहुन्नथ्यो l छोइयो भने “छिटो वा सुनपानी” छर्किनु हुन्थ्यो l

मेरो मन भने चसक्क दुख्थ्यो l हामी जस्तै मानिससंग छोइदा पनि चोखो हुनुपर्ने? हाम्रै बुवाको उमेरका उहाँलाई, सबैले तिमी भन्थे, तर “म आफु भन्दा ठुलालाई सम्मान गरेर बोल्नुपर्छ” भन्ने सुन्दै हुर्केको मान्छे, उहाँ कसरी सम्मानयोग्य हुनुभएन l कौतुहल हुन्थें र लुकीलुकी छुन्थे l चिया पनि खुसुक्क उहाँ बसेको गुन्द्रीमा छोएर खान्थें l सकेसम्म उहाँलाई छोएर खान पाए आफुलाई ठुलो सम्झिन्थे l छुवाछुत गलत वा ठिक थाहा थिएन तर हामी जस्तै मानिसलाई गरिएको भेदभाव मन पर्दैनथ्यो l 

दशैँमा दुर्गाको मन्दिरमा पुजा हुन्थ्यो l एकादशीमा सराएँ खेल्थे l सराएँ (दुर्गा मन्दिरका हतियार वा राजाहरुका हतियारलाई बिशेस रुपमा सजाएर नचाउदै प्रदर्शन गरिने खेल) खेल्दा झगडा पनि हुन्थ्यो l हामी साना केटाकेटी घाम नअस्ताउदै घर पुग्थ्यौं l

बाटोमा निधारमा रातो टिका लगाएर हिड्ने मानिसको घुइचो हुन्थ्यो l दशैंको दिनमा साँझ पख मात्र गाडी चल्थ्यो l साना-साना नानीहरु पनि मावल जान पाएको खुसीमा लमक-लमक अगाडी हिंडिरहेका देखिन्थे l नयाँ दुलाहा-दुलहीहरु, बिदेशबाट आएका हिड्न अफ्ठ्यारो भएका लाहुरेहरु, बाटोमा प्रशस्तै देखिन्थे l घरघरमा तास खेल्ने मान्छेहरु पनि हुन्थे l आफ्नै बुवा, दाई, भाईसंगै मिलेर तास खेल्थे l गफगाफ गर्दै, रमाइला जोकहरु सुनाउदै तास खेल्दा हामी भने जितौरो (खेल जितेपछि खुशीले बाँडीने पैसा) पाउने आशामा हुन्थ्यौं l जसले जितौरो दिन्छ जस्तो लाग्थ्यो, उसैले जितोस् भन्ने कामना गर्थ्यौं तर आफुले आशा गरेको मान्छेले हार्यो भने मन चसक्क दुख्थ्यो l नमज्जा लाग्थ्यो l तर जुवातास खेल्नु राम्रो जस्तो भने लागेन l सानो बेला खोलाको किनार, झाडीको बीचमा खुम्चिएर कच्याककुचुक भएका तासहरू जम्मा पारेर तास नखेलेको पनि होइन तर त्यहाँ रमाइलो महसुस भएन l त्यो गलत थियो भन्ने नै लाग्यो l 
  
दशैँमा जब टिका थापेर दक्षिणा पाउने बेला हुन्थ्यो, मन अमिलो पनि हुन्थ्यो l सबै केटी मान्छेले दक्षिणा पाउथे l हामी केटाहरु भने चामलका सिता निधारमा थोपरेर फलफुल तोक्दै बुढाबुढीलाई ढोग दिंदै हिड्नुपर्ने l कुनै पर्व, पूजा आदिमा केटीहरुले मात्र दक्षिणा पाउने चलनले गर्दा “म पनि केटी भएर जन्मिनु पर्ने” भन्ने सोच्थेँ l शायद त्यो दुख आमाले बुझ्नुहुन्थ्यो होला, बहिनीहरुले जम्मा गरेको जती पैसा खुसुक्क दिनुहुन्थ्यो l घरमा हुँदा दशैंमा पैसा नपाइने भएकोले सकेसम्म मावल जान मन लाग्थ्यो किनकि मावलामा यो नियम लागु हुन्नथ्यो l तर पछी मात्र बुझें, ठुलामान्छेको आशिर्वादको मुल्य l सम्मानको मूल्य l 

दशैं पैसा र मासुको पर्वमात्र होइन l यो त सबै आफन्तलाई भेटघाट गराउने, ठुलाबडाको हातबाट आशिर्वाद र सद्भाब लिने पर्व पनि हो l

बिस्तारै ठुलो हुन थाल्यौं, मन्द-मन्द चलेको बतासमा चंगा उडाउनुको रमाइलो बिशेस हुन्थ्यो l कुनै-कुनै दाईहरु चंगाका “डन” नै थिए l सिसा टुक्रा पारेर पिठोमा भिजाई धागोमा लगाउथे र सबैका चंगा चेट पारिदिन्थे l सकेसम्म हामी उनीहरु नभएको ठाउँ तिर गएर खेल्थ्यौं तर आकाशको कता कुनाबाट उनीहरुको चंगा “बाघ” बनेर हाम्रो आकाशमा छिर्थ्यो, हामी साना-साना बाख्रा बनेर भाग्थ्यौं l

तीज देखि नै बाबियोको खरले बाटेको पिङ्गमा मच्चिनुको मज्जा बेग्लै हुन्थ्यो l मलाई भने अलिक डर लाग्थ्यो l अरुलाई देखाउन बेस्सरी मच्चायो तर पिङ्ग फर्किने बेलामा मुटु सिरिंग हुन्थ्यो तैपनि लुकाउने कोशिस रहन्थ्यो l

घर लिपपोत गर्नु, ढोका-झ्यालमा रङ लगाउनु दशैंका बिशेस काम हुन्थे l

दशैंको समय देउसीको भैलोको तयारीमा बित्न थाल्यो l करिब तीज पछी नै तयारी शुरु हुन्थ्यो l कहिले स्कुलको लागि पैसा उठाउन भैलो खेल्थ्यौं, त कहिले स्थानीय युवा क्लबको सामाजिक कामको लागि l
रात-रात भर देउशी खेल्नु र दिन भर सुत्नु त्यतिखेरको रुटिन हुन्थ्यो l

अलिक ठुलो भएपछी दशैंको अवसरमा सांस्कृतिक कार्यक्रमको तयारी गर्थ्यौं l मेरो भागमा अभिनय गर्ने, नाच्ने, गाउने, गीत लेख्ने काम पर्थ्यो l त्यो कार्यक्रममा मैले धेरै बर्ष कार्गीलको (भारत र पाकिस्तानको सीमामा रहेको युद्धग्रस्त क्षेत्र) सैनिकको भुमिकामा निभाएँ l युद्धमा लड्दालड्दै ढलेको सैनिकले जब घरमा “दशैमा टिका नमुछ्नु, जमरा नराख्नु” भनेर खबर पठाउँथ्यो, कसैका पनि आँखा ओभाना हुदैन थिए l मलाई पनि चसक्क मन दुख्थ्यो l घर आउन नपाउनु भएको बुवा, अंकल र आफन्तहरुलाई सम्झिन्थे l उहाँहरुको मनमा के कुरा खेल्दो हो? कसरी बित्दो हो दशैं? कल्पनामा हराउँथे र आशुँ आफै बगेर आउँथ्यो l

सबैजना रुँदा भने म मनमनै खुसी हुन्थें, किनकि राम्रो अभिनय गरेछु भन्ने लाग्थ्यो l तर त्यहाँ अभिनयको प्रभाब मात्र हुन्नथ्यो l ममा आफ्ना छोरा, पति, भाईहरुको बिम्ब हुन्थ्यो l

नाच्दा-नाच्दै गीत गाउन आयो, गाउदागाउदै नाच्न गयो, बडो हत्तारमा चल्थ्यो समय l गाउँका सबै जना साथीहरु जम्मा भएर धेरै बर्ष सांस्कृतिक कार्यक्रम गर्यौं l गाउँको बीचमा चौपारी बनायौं l थुप्रै सामाजिक कामहरु गर्यौं l

अहिले मेरो उमेर फेरिएकोछ, स्वभाब र संगत अनि खुशी हुने बहाना फेरिएकोछ l

अहिले दशैं कसैलाई दशा बनेर पनि आउँछ l अनाब्यस्यक तडकभडक र रबाफिलो बनेर आउदैछ l हुँदाखानेहरुको लागि कठिन हुन थालेको छ, दशैं l हुनेहरुको लागि धन प्रदर्शनी गर्ने मेलो बनेर आउदैछ l त्यस्तो नहोस् भन्ने लाग्छ l

तर अहिले पनि जब बालबालिकालाई देख्छु l उनीहरु दशैंमा रमेको देख्छु l ती पुराना स्मृतिका एल्बमहरु दिमागमा घुमिरहन्छन् l यस्तै-यस्तै अनुभब र सम्झनाहरु आँउछन् l

सबैकुरा उमेर र समयमा त निर्भर हुनेरहेछ l


चङ्गा चेट्...........

चङ्गा चेट्...........

राजेन्द्र बानियाँ प्रिन्सिपल – सीइए हाइ स्कूल 

आहा क्या रमाइलो, हरेक नेपालीको घरमा अब चाडको लर्को लाएर आउँदैछ । हिन्दू धर्म मान्ने नेपालीलाई त चाड आउन सुरु गरेको धेरै भइसक्यो । हुन पनि नेपाली समाजमा हिन्दू धर्मावलम्बीहरुलाई त रक्षाबन्धनदेखि नै चाडको लर्को लागेको मान्ने चलन छ । तर नेपालमा विभिन्न जातजाती, धर्म , संस्कृति र समुदायको बसोबास छ भनेरै होला यहाँ चाड पनि विभिन्न प्रकारका छन् । हिन्दूहरुले दशैं र तिहार मान्दै गर्दा नेवार समुदायले त्यसमा न्हूँदयाको भिन्तुना थपिहाल्छ । उता तराइका बासिन्दा र उनको विदेह या मिथिला संस्कृतिले छठलाई जसरी मित्रता र सामाजिक मिलनको उत्सवको रुपमा मनाउँछ, यसले आजको दिनमा त के पहाड, के तराई , के हिमाल जसरी छोपिसक्यो ।

यसैको छेको पार गर्दै बुद्ध धर्मावलम्बीहरुको नयाँ बर्ष ल्होसार र इसाइ धर्मावलम्बीहरुको क्रिसमस पनि लाइनमा खडा भएर बसेका छन् । यस अर्थमा पनि अब चाडको मौसम सुरु भयो भन्न खासै गाहे भएन । तर कतिपय अबश्थामा हामी यो मेरो र यो तेरोको नाममा चाडहरुलाई विभाजन गर्ने र त्यसका विरुद्ध बिषबमन गर्न पनि पछि पर्दैनौं । कुनै पनि धर्म र चाडका प्रतिक भगवानका स्वरुपहरुले अर्को धर्म र समुदायलाई समावेश नगराउनु या अवहेलना गर्नू भन्दैन । भगवान पनि रुपमा मात्र फरक हुन् , सारमा एकै हुन् । पूजा गर्ने स्थान र प्रार्थना गर्ने तरिका फरक हुन्, उद्धेश्य र मुकाम एउटै हो भन्ने बिर्सनु हुँदैन ।

यो आलेखमा म नजिक आउँदै गरेको दशैं  र त्यससँग जोडिएका विभिन्न पक्षका बारेमा उल्लेख गर्दैछु । सबभन्दा पहिले मेरो केटाकेटीको दशैं, त्यससँग जोडिएका केही रमाइला र घतलाग्दा पक्षका बारेमा बताउँछु । चाडबाडको रमाइलो सबभन्दा बढी केटाकेटीलाई नै हुन्छ । केटाकेटीलाई के छ र ? निर्धक्क लागेको कुरा माग्नु, रमाइलो गरेर केटाकेटी जम्मा भएर हिड्न पाउनु, भोक लाग्नासाथ खाना माग्नु र खानु यसमा जस्तो मस्ती केमा पो मिल्छ र ? चाडबाडमा पढ्न पनि नपर्ने , घरका मान्छेले खासै काम पनि नलगाउने अझ नयाँ लुगा लगाएर ठाँटिएर हिड्न पाइने भएपछि बाह्ै महिना चाड आएपनि हुने जस्तो लाग्ने नै भयो ।

तर आजको दिनमा भने अलिक फरक भइसक्यो । विद्यालयहरुले चाडसँग सम्बन्धित बिषयमा परियोजना कार्यहरु दिएका हुन्छन् । ति कार्यहरु गर्दा विद्यार्थीलाई कतिपय थाहा नभएका पाटाहरु ज्ञात् मात्र हुदैनन्, यसले अनुसन्धान र अध्ययनको पाटो पनि फराकिलो बनाउँछ । फेरि चाड भनेर किताबै नपल्टाउने गर्दा घाटा आफैंलाई हुन्छ, त्यसैले चाडका बेलापनि समय छुट्याएर पढ्न चाहि नभुल्ने कि ?

घरका बाआमाले यी सबै व्यबस्थापन कसरी गरेका होलान् भनेर सोच्ने उमेर पनि होइन केटाकेटी भनेको । तरै पनि बाआमालाई सकस कति परेको होला सबै चिज ब्यबस्थापन गर्दा भनेर कहिल्यै सोचिएन । आज आएर सोच्दा लाग्छ, बालाई त दशैं खासमा त दशा भएर पो आउँदो रहेछ । हरेकका घरमा जस्तो मेरा घरमा पनि खसी काट्नै पर्यो , सिंगै । हरेक घरमा जस्तै भएपनि नभएपनि अन्य मिष्ठान्न नजुटाउनै पर्यो, खेतै बेचेर या चर्को सुदमा ऋण लिएर भएपनि नयाँ लुगा किन्नै पर्यो, अनि आफन्त आउँदा या आफन्तकोमा जाँदा सानका साथ पारिवारिक इज्जत त राख्नै पर्यो । जब आज बुझ्ने भइयो अनि मेरो मनमा प्रश्न छ , यो चाडका नाममा ऋण बोक्ने र रमाइलो गर्ने परम्परा ठीक कि बेठिक ?

एउटै घरमा एउटा यामान्को खसी काट्नुको अरु विकल्प छैन र? हुन त भगवानको लेखी त सबै जनावर बराबर होइनन् र ? जनावरहरुले आफ्ना भावना व्यक्त गर्न सक्तैनन् , त्यसो भन्दैमा भगवानको सृजना या सृष्टिको रचनामा यी जनावर हामीलाई खान या भगवानलाई चढाउन सृष्टि गरिएका हुन् त ? भगवानले रगत खाएर या बली बुझेर खुसी व्यक्त गर्नुभएको होला त ? यसको विकल्प हुन सक्तैन र ? म कतिपय समुदायको कुल पूजामा जाँदा खिर बाबर पकाएको पाइन्छ , खुसी लाग्छ  । तर दशैं त्यो पनि मासुविनाको परिकल्पना गर्नै सकिन्न या यस्तो परिकल्पना खोक्रो आर्दश हुन्छ भनेपनि एउटा एउटा खसी, राँगा या जनावरको सट्टामा समुदायमा बाँडेर सबैले ताजा खाने बनाउँदा के फरक पर्छ र ? फेरि गरिबले केही बिसौली उधारो सापटीमा मागेर ल्याएर पनि जहानको पेट भर्ने अनि धनीकोमा मासु कुहिएर कुकुरले पनि नसुँघ्ने बनाउनु जायज हो र ? यस मामलामा म मुस्लिम दाजुभाईको आहानलाई बढी सम्झन्छृु । हुन त विश्वमा मुस्लिम धर्मावलम्बीहरुलाई बढी आतंककारी गतिबिधीमा संलग्न भएकोमा आलोचना गरिन्छ । मलाई लाग्छ, कुनै समुदाय आफैंमा आतंककारी हुँदैन ।

मैले यहाँ कुरा गर्न खोजेको चाहिँ उनीहरुको इदमा गरिने मासु विभाजन र आम्दानी विभाजनको हो । जति नै धनी या गरिबले पनि कमाइको एक दशांश अल्लाहको नाममा अरुलाई बाँड्नै पर्ने नियम हुन्छ ( सायद जकात)  मुस्लिम समुदायमा । अनि काटेको बखरी पनि एक तृतियांश गरिबलाई दिनैपर्ने नियम छ। बरु स्वार्थप्रेरित समाजमा यो कति कार्यान्वयन भएको छ कुन्नी ? तर राम्रा कुरा त जसको पनि नक्कल गर्न मिल्छ नि हैन र ? हामीले पनि बरु समाजमा मिलेर आपसी बाँडेर खाने र हुनेले नहुनेलाई दिने प्रथा बसाल्दा कति राम्रो होला । आखिर भगवानको नजरमा कोही धनी र गरिब हुँदैन । मरेर जाँदा कसैले पनि कमाएको धन लिएर जाँदैन, यश लिएर जाने हो ।

अर्को कुरा भो, नयाँ लुगाको । मलाई त दशैंमा नयाँ लुगा लगाउन पाइन्छ भनेरै दशैं आइदिए हुन्थ्यो भन्ने लाग्दथ्यो तर आज त त्यस्तो अबश्था कसैमा पनि छैन होला यसमा थप बहस नगर्दा नै बेस । दशैंको अर्को भुली गएको दुईवटा पाटा छन् । एउटा सामाजिक पाटो, त्यो भनेको गाउँ समाजका सबै मिलेर बाटो, धारा, चोक, चौर सफा गर्ने । आज पनि गाउँ जाँदा म हेर्छु । बाटाहरु भत्किएका छन् , सडक पुगेका ठाउँमा त बाटा बिर्सिएका छन् ।

हुन त गाउँमा बाटामा हिड्नै को पो भए र ? चाडबाडमा जम्मा हुने बाहेक अरु बेलामा त गाउँ यसरी परित्यक्त बनिसक्यो, न मलामी मिल्छन् न जन्ती ? यो हालत भएपनि कम्तिमा पनि चाडले एउटा संजोग चाहिँ जुटाइदिएको छ। जति नै बेफुर्सदी भए नी चाडबाड पारेर जन्मथलो फर्कने बानी अधिकांशको छ । मलाई दशैं लागे पछि कति चाँडो घर जान पाए हुन्थ्यो भन्ने अहिले पनि लाग्छ । मौसमका हिसाबले पनि शरद ऋतुमा पर्ने दशैंमा खुलेको मौसम अनि न जाडो न गर्मी । व्यस्त जीवनका बीच आफ्नो बाल्यकाल बिर्साउने पाखा पखेरा पुग्न पाइने ।

केटाकेटीमा जिस्केका र झगडा गरेका साथीभाइबीच पुराना कुरामा नोस्टाल्जिक हुन पाइने अनि जन्मथलोसँग प्रिती साट्न पाइने । बरु आँप टिप्न चढेको रुख अनि घाँस झार्न समातेका डाला र हाम्फालेका कान्ला सम्झँदा भने जिउनै सिरिङ्ग पो हुन्छ त । अर्कोतिर जन्मथलोको सेवा र सम्झनाका लागि भनेनी ति बाटा सफा राख्न पाए, पँधेरो सुग्घर गर्न पाए, पाटी जीवित राख्न पाए आउने पुस्ताले अग्रजको इतिहास अवलोकन गर्न पाउँथ्यो कि ? मलाई अझै सम्झना छ, बाटो खन्न , फाँड्न या कुवा सफा गर्न बोलाइएको ठाँउमा जान पाइएन भने आफैमा गाउँले शरम मान्थे , आजको मान्छे काममा जानुपर्यो भने सरम मान्न थाले । अर्को रमाइलो भनेको भेट हुने चौतारी । डोरी र लिङ्गोले बनाउने डोरी पिङ्ग अनि काठबाट बनाइने रोटे पिङ्ग । आज त खाली फन पार्कमा सिमित भए यी मनोरन्जन । तसर्थ, गाउँ बिउँझाउने र जीवित राख्ने हो भने सम्झनै पर्ने काम र सम्हाल्नैपर्ने जिम्मेवारी हुन् यी ।

गाउँ समाजको बीचमा हुन्थ्यो पिङ्ग अनि हल्लाइन्थ्यो खडखडे । बुर्जाथ्यो मेरो दाउ तर म अधिकांश समय हार्थेँ ।
अहिले खड्खडेले पनि शहर पसेर जुवाको पो रुप धारण गरिसक्यो । बुढापाका दशंै लागेसी यमपन्चक नसकिँदासम्म तासको खालमा हुन्थे , कति नखेल्ने पनि हुन्थे । त्यो तास जुवा हुन्थेन । उनीहरु गाउँको बीचमा ठुलो आँगन या धन्सारमा जम्मा भएर खाँदै रमाउँदै सत्र खेल्थे, मेरिज भन्ने त आको पनि थिएन बरु अन्य केके नाम थिए मलाइ सम्झना भएन। बुबाले एक सय रुपैया दिएर तास खेल्न पठाको अहिले पनि सम्झना छ मलाई । तर आज त युवाले तासलाई लत र व्याबसायजस्तै बनाए, कतिपय गाउँ क्यासिनो नै बन्ने पो हो कि जस्तो भइसक्यो । तास मनोरन्जनका लागि भन्ने छोडेर त्यसैमा लत बसाउँदा त्यसले जीवन बर्बादी गर्छ । एउटा गित सम्झन्छु...

नखेल्नु है जुवा र तास , ज्यानको नास जीवनको बर्बाद ।।

हुँदाहुँदा परिवारका अग्रजको सिको गरेर साना केटाकेटीपनि फराँस, इन बिट्वीन या जोडा मिलाउने खेल्न थालेको पाइन्छ । तर बिर्सनै नहुने कुरा के हो भने लत  भनेको अनौठो हुन्छ । चुरोट पनि पहिले चाख्ने नै हो रमाइलो या करकापमा । खैनी पनि त्यस्तै हो । जतिबेला यो खराब हो भन्ने थाहा हुन्छ , त्यतिबेला अम्मली बनिसकेको हुन्छ । तास पनि त्यस्तै हो , सानामा रमाइलोलाई देखासिकी गरेर थाल्यो पछि त्यसैले जीवनलाई नरक बनाउँछ ।

छोरा भनेपछि दक्षिणा पनि कमै हुन्थ्यो , नेपाली समाज जहाँ आज कोक्रोकी छोरीदेखि कुप्रिएकी हजुरआमा बलात्कारको शिकार भएका समाचार सार्वजनिक भइरहेका छन् । खासमा नेपाली समाज त्यस्तो होइन ।

छोरीको खुट्टा ढोग्ने र उनैलाई दक्षिणा पनि दिने तर छोराले चाहिँ दक्षिणा पनि नपाउने र उल्टो ढोग्नुपर्ने । मैले यसलाई विभेदकारुपमा बुझेको र कतिपय अबश्थामा विद्रोह गरेको पनि याद छ । तर आज आउँदा कति अघि रहेछ हाम्रो परम्परा जस्तो लाग्छ । छोरीहरुलाई नभनीकन चाहिने कति खर्च हुँदा रहेछन् अनि उनीहरु ति पैसा सम्हालेर राख्दा रहेछन्  । हामी छोरा भने दक्षिणा केही गरि मिल्यो भने पहिले खड्खडे अनि बाँकी टिका लगाउन दौडने । कति छोरीहरुको त दशैं तिहारको दक्षिणाको पैसाबाट उनीहरुले पेवापात जोडेको पनि पाइन्छ । खासगरी बाख्रा हुन्थे उनका पेवापात । यो राम्रो जोगाडको माध्यम रहेछ , परेका बेला बेच्यो गर्जो टार्यो ।

  दशैंको अर्को महत्वपूर्ण पाटो भनेको आफन्तजनकोमा जाने पनि हो । बिहे गरेका छोरी होस् या ज्वाँई टिका लगाउन र आर्शिवाद थाप्न माइती र ससुराली सोली बोकेर जाने परम्परा छ । पहिले यातायात नहुँदा त लामो बाटो दिनैभरी लगाएर जानुपर्ने अझ बच्चाबच्ची पनि लिएर जानुपर्ने । टिकाका केही चलन मैले देखेको छु । ठाउँपिच्छे फरक रित छन् । ससुराली आएका ज्वाईँका कोट भर्खर बिहे गरेकी छोरीले बोकेको देख्दा मलाई पनि बिहेपछि त्यसरी नै कोट बोकाएर ससुराली जाने रहर खुब लाग्थ्यो त्यतिबेला  क्या सान होला जस्तो जसरी अहिलेका केटाकेटी सिग्रेट र मादक पदार्थ तान्दा सान सम्झन्छन् नी ।

कैयन् ठाउँमा आजभोलि विजया दशमीकै दिनमा मात्र टिका लगाउने परम्परा छ, कतिपय स्थानमा कोजाग्रत पूर्णिमाको दिनसम्म टिका थापिन्छ त कतिमा सामूहिक टिका लगाउने परम्परा समेत सुरु भएको छ। यसमा खासगरी यो नाता या त्यो नाताकोमा जाने र जानैपर्ने भन्ने हुन्न दशैंको टिका र आर्शिवाद । धेरैकोमा जानुपर्ने अनि टाढा पनि भएकाले पूर्णिमासम्म टिका लगाउने परम्परा बसेको होला यसलाई बैज्ञानिक नै मान्नुपर्छ । यसैगरी समूहमा जम्मा भएर टिका लगाउँदा सन्चो विसन्चोदेखि निकटता बन्ने, परिचयकाकारण सहयोग आदानप्रदान हुनेजस्ता सहकार्यका आयाम खुल्छन् । टिकाकै कुरा गर्दा टिका लगाउने चलन पनि फरकफरक छन् ।

 मैले देखेको दशैंको टिकामात्र होला निधारभरी लगाउने । कतिपय ठूलाबढाले ठूला निधार भएकालाई धेरै टिका लगाइदिन पाएकाले कति भाग्यमानी भनेको पनि सुनेको छु । बरु आजकाल अलि आफूलाई विकसित र आधुनिक भन्नेले मलाई त टुक्कमात्र लगाइदिनू भनेको पनि सुनिन्छ । टिका कतै रंगिन त कतिपय समुदायले सेतो चामलको पनि लगाको पाइन्छ । टिका कसले लगाइदिने भन्ने पनि फरकफरक चलन रहेको पाइयो । भन्दा त दशैंको टिका ठूलाको हातबाट लगाउने र आर्शिवाद थाप्ने भन्ने नै हो तर खासगरी माइतीमा ठूलाबडा नहुँदा सानाले नै टिका लगाइदिएको पनि अनुभव मसँग छ। मेरा फुपुहरु टिका लगाउन आउँदा फूपु, फूपाजु लगाउतलाई टिका दक्षिणा मैले नै गरेको मलाई थाहा छ। अर्को फरक चलन चाहि कतै दिदीबहिनी माइतीमा टिका जमरा थाप्न आएको त कतै चाहि दिदीहरुकोमा भाइबहिनी टिका लगाउन जाने गरेको पनि पाइन्छ ।

समग्रमा दशैंलाई आफन्तजन भेट्ने, रमाइलो गर्ने र बर्षभरीको दुख भुल्ने चाडकारुपमा लिन सकिन्छ ।

अर्को गज्जबको कुरा अन्य बेलामा पूजाआजा पछि टिका र फूल लगाइदिने चलन हुन्छ तर दशैंमा चाहिँ जमरा । त्यसैले पनि जौ , मकै , धान आदि मिसाइएको र घाम नछिर्ने गरी छोपेर र पूजा गरेर दश दिन राखिएको जमराले प्रकृति र बनस्पतिप्रतिको लगावलाई इंगित गर्दछ । विश्वमा एउटै चाडमा यतिधेरै दिन विदा हुने चाड पनि यहि होला ।हुन त अन्य कतिपय चाड रमजान लगायत महिनादिन भरी मनाउने प्रचलन पनि छ तर सरकारले सार्वजनिक विदा दिएर दशैं जसरी धुमधामले मनाइन्छ , यसलाई कम आँक्न हुन्न  । यसको उपादयेता या सन्देशमा पनि देवी भगवतीको किर्ति र यश ,जसले नारी सम्मान र शक्तिलाई इंगित गर्छ । यसैगरी असुरमाथि दैवी शक्तिको विजय यानेकी असत्यमाथि सत्यको विजय आफैंमा शास्वत् छ।

समग्रमा दशैंमा चङ्गा अर्को नबिर्सने बिषय हो । तर चङ्गा उडाउँदा बिशेष ध्यान पुर्याउनु पर्दछ । कतिपय अवश्थाले चाडको रौनकमा दुर्घटना भएका पनि छन् । साबधानीपूर्वक चङ्गा उडाइएन भने विजुलीको तारमा पर्ने, छतबाट लडिने पनि घटना सुनिएका छन् , यसतर्फ ध्यान दिन जरुरी छ। तर दशैंमा नगरे कहिले गर्ने चङ्गा चेट् ।।

राजेन्द्र बानियाँ
प्रिन्सिपल – सीइए हाइस्कूल ,
बरिष्ठ टेलिभिजनकर्मी– एभिन्यूज टेलिभिजन , महासचिव– प्याब्सन केन्द्रीय समिति    

May 20, 2018

Students Learn Less When They Sense Teacher Hostility

Just as many students have stories of their favorite, inspirational teacher, many also can recall at least one class spent living in dread of a teacher's acid comments. Maybe the teacher wanted to project take-no-guff sternness, or considered sarcasm the way to connect with adolescents.
Regardless of the reason, those teachers may have hurt their students' academic progress, according to a new study in the journal Communication Education. It found that students in a lecture in which the teacher was hostile performed 5 percent lower on average on a test of the content than students in a class with a neutral teacher.
"The data tell a simple and perhaps unsurprising story: Some instructors are candidly mean to their students, and as a consequence, their students believe they learn less," wrote lead author Alan Goodboy, a communications professor and bullying researcher at the University of West Virginia, and his colleagues. Prior studies have found that students remember put-downs and sarcastic or snide remarks by teachers and consider them a major barrier to learning.
Goodboy and researchers from West Virginia University and California State University, Long Beach, randomly assigned about 500 college students to either watch a lesson taught by a neutral teacher or one who was "antagonistic," criticizing student comments, using put-downs, or favoring some students over others—though neither teacher actually raised his voice to students. Then both groups were asked about their impressions of the material and tested on its content.
Students who watched the hostile lecture were more likely than those who watched the neutral lecture to say they disliked the content, and more likely to report they would not take a class taught by the teacher in the future. And in a test of the material, students who watched the hostile teacher performed 5 percent worse than the other students.
Moreover, the students who were naturally oriented to learn to develop their own mastery of the subject, rather than just to get top grades and those who were inclined to put more effort into challenging tasks—in other words, the students mostly likely to be engaged and eager to learn in class—had the scores that were most negatively affected by being exposed to a derisive teacher.
"Even slight antagonism, coupled with otherwise effective teaching, can demotivate students from being engaged and hinder their learning opportunities," Goodboy said in a statement on the study. "So even one bad day of teaching can ruin a student's perception of the teacher and create an unnecessary roadblock to learning for the rest of the term."

Teacher Stressors

These results come as teachers cope with shifting accountability systems, high-need students, and fights over pay and working conditions that have prompted walkouts across the country. It's tough to not let that stress and frustration show in the classroom, and the rising tensions have prompted some administrators to call for more social and emotional supports for teachers, not just students.
The findings also build yet more evidence of the importance of relationships and respect in student learning. The students in the current study were all undergraduates, so the effects may be different on younger students in K-12.

Source:- edweek.org 
Image source:- Getty 

May 8, 2018

केही नेपाली उखान र तिनको अर्थ जानी राखौँ


१) अकबरी सुनलाई कसी लाउन पर्दैन (राम्रो कुरालाई जाँच्नु पर्दैन)
२) अचानाको पीर खुकुरीले जान्दैन (भोग्नेले मात्र दुःख चाल पाउँछ)
३) आए आँप गए झटारो (भए राम्रै हो नभए पनि केही छैन)
४) आगो ताप्नु मुडाको कुरो सुन्नु बुढाको (आँचयुक्त र न्यानोपनका लागि मुढाको आयो र जीवनका अनुभवहरुको सारतत्वका लागि बृद्ध मानिसका कुरा उपयोगी हुन्छन्)
५) आगो लागेपछि इनार खन्नु (समयमा नै वा पहिला नै नसोच्नाले पछि दुःख पाउनु)
६) आफूले खनेको खाल्टोमा आफैँ पर्नु (अरुको कुभलो चिताएर गरेको कामले आफैँलाई हानि गर्नु)
७) आलु खाएर पेडाको धाक (क्षमता नभए पनि फुस्रो ढाँचा देखाउने काम)
८) इन्द्रका अगाडि स्वर्गको बयान (धेरै जान्नेका अगाडि नजान्नेको बयान महत्वहीन हुन्छ)
९) एक हातमा चुल्ठो, एक हातमा टुटी (लोग्ने ए स्वास्नीको बीचमा चर्का झगडा)
१०) कसैलाई काखा, कसैलाई पाखा (पक्षपातपूर्ण व्यवहार)

मानस्वी ढकाल
कक्षा:-७

गणितको इतिहास




source:- google 
गणित शब्दको उत्पति ग्रीक शब्द म्याथमाटिका बाट भएको हो । यसको अर्थ हुन्छ । ‘सिकिएको कुरा’ ।

गणितको इतिहास खोतल्ने हो भने इतिहासकालसम्म पुगिन्छ । साँच्चै भन्ने हो भने मानिसहरुको उत्पछि जतिकै गणित पनि पुरानो छ । त्यसबेलाको मानिसहरुले केही कुरा गन्नु पर्दा धर्काहरु तान्दथे र स–साना ढुङ्गा वा लठ्ठीहरुलाई प्रयोगमा ल्याउँथे । धेरैपछि आएर मानिसहरुले हातका औलाहरुको प्रयोग गरेर गन्तीको संख्या जनाउन थाले । मानिसहरुले लेख्न सिकेदेखि नै विभिन्न सख्यालाई जनाउन विभिन्न प्रकारका संकेत लेख्न थालेका हुन् । त्यसबेलाको मानिसहरुले एकको सख्या जनाउन सिंहको टाउको दुइको संख्या जनाउन चिलको पखेटा, तीनको संख्या जनाउन तिनपाते घाँसको पातलाई प्रयोगमा ल्याएको थिए । अन्य संख्या जनाउन वस्तुहरुलाई प्रयोगमा थिए ।  अन्य संख्या जनाउन वस्तुहरुलाई प्रयोगमा ल्याएको थियो । संख्या जनाउन वर्णमालाको प्रयोग भने प्राचीन ग्रीकबासीले गरेका थिए । समयको विभिन्न वलहरुमा गणीतको विकास भएको हाम्रो इतिहासले बताउँछ र यसरी गणीत वर्तमान अवस्थामा पुग्न सफल भएको छ ।

लक्ष्मी सम्बाहाम्फे

कक्षा :- ९

Apr 20, 2018

Bel-Bibaha

Bel-Bibaha

(Marriage between a girl and fruit)


Bel Bibaha or Ehee is a ceremony in Newari community in Nepal in which girls are married to the bel (fruit of wood apple tree) before starting their menstruation. The bel is bride groom that symbolized the bachelor lord kumar and the marriage ensures that the girl becomes pure and remains fertile.

The bel fruit must look ripe and healthy and must not be damaged in any kind. It is believed if the fruit is damaged the bride girl will have unfruitful and ugly husband after her real marriage. Normally, Newar girls are married thrice in their lives. The first is called bel bibaha. The second is the marriage with the sun and the third, when they marry a real bride groom.

The tradition of bel bibaha is believed to be started during 14 the century. The invalidity force used to kill men and boys, dishonored girls but left married women alone. This led people to believe that marrying young girls would save them from dishonor in the future. Bel bibaha of a girl is held at her age like 7,9,11 before they reach puberty. It is usually done in group.

Newari community with slight changes in the original customs and rites.


The first day of Ehee is called Dusala kriya when the girls prepare themselves at home with purification bath, new clothes and ornaments. Ehee the second day, major events take place when they are dressed in bridal suit. The day begins with purification rituals and proceeds to kanyadan when the father gives his daughter to lord kumar. The tradition of Bel bibaha is still performed in the 
Newari community with slight changes in the original customs and rites.

Minu Shrestha
Primary Mathematics Teacher