Showing posts with label Class 9. Show all posts
Showing posts with label Class 9. Show all posts

Oct 11, 2018

कथा:-खसेको एउटा तारा


लक्ष्मी सम्बाहम्फे,

image source:- alamy.com

कक्षा:-९, सिइए हाई स्कुल, नयाँबजार, काठमाडौँ  


टुक्रा-टुक्रा च्यातिएका गुलाबका पत्ता l

राता l

कुनै कुल्चिएर रगत जस्ता l कुनै यत्रतत्र छरपस्ट l

मनै कस्तो-कस्तो भो l भाँचिए जस्तो l छिया-छिया भएजस्तो l

मेरो कोठाको झ्याल अगाडी एउटा गुलाबको फुल थियो l झ्यालमा बस्दा बासनाले मेरो नाक सुम्सुमाउथ्यो l आज त्यहि फुललाई कसैले च्यातेछ l कसैले कुल्चिएछ l

मलाई झल्यास्स अनिताको याद आयो l त्यो सुन्दर र बासनादार गुलाब च्यातिदा मैले अनितालाई सम्झिएँ l उसको जीवन सम्झिएँ l

बर्षको अन्तिम परिक्षा थियो l म प्रवेशपत्र लिएर परिक्षा कक्षमा गएँ l सिट भेटियो, बसें अनि मनमनै पढेको कुरा रिभाइज गरें l

त्यत्तिकैमा एकजना गोरी, पातली केटी मेरो छेउमा आएर बसीन् l मसंगै सिट रहेछ l हेर्दा ९,१० बर्सकी l मेहेनती जस्ती लाग्ने उनले पुरानै कपडा भएपनि चिटिक्क मिलाएर लगाएकी थिइन् l

शिक्षक कक्षामा आउनु भयो l अभिभादन गर्यौं l लेख्ने पेपर र प्रश्न पाएपछि आफ्नै सुरमा लेख्न थालेँ l संगैको बहिनीको पेपरमा नजर गयो l अक्षर सफा र सुन्दर थिए l

“दिदी-दिदी” म झसंग भएँ l

“हजुर, के भो बहिनि?”

पेन खोलेर ठाडो पार्दै मतर्फ बढाउदै भनिन् l “हजुरसँग मसी छ? हेर्नु न मेरो त मसी नै सकिएछ l दिनुस् न थोरै l”
मैले दिएँ l पुनः हामी आफ्नो काममा लाग्यौं l

परिक्षा सकियो l पेपर दिएर हिडें l

यसैगरी केहि दिन बित्यो l तर त्यो बहिनीले मसी भने सधै मागीरहिन् l

सधै l

मलाई दिक्क लाग्यो l

नदिउँ, उसको परिक्षा बिग्रला भन्ने डर, दिउँ,सधै मागीरहन्छे l केहि भनौं कि जस्तो पनि नलागेको होइन, तर त्यस्तो रुखो हुन मन लागेन l अर्को बेन्चमा गएर बसौं कि जस्तो पनि भा’को थियो तर त्यस्तो गरिन l

“हेर न सृष्टी, त्यो बहिनीले वाक्क बनायो, आफुलाई चाहिने समान त आफै पो ल्याउनु पर्छ, सधै मसी मागेर हैरान भएँ l” मैले सृष्टीलाई भनें l

“ए त्यो अनिताले? दे’न त. त्यस्तो लोभी हुनुहुन्न के l”

“एक दिन होइन, दुइ दिन होइन, सधै माग्छ क्या, अनि तैंले सोँचे जस्तो लोभी पनि छैन क्या l” मैले असन्तुस्टी जनाएँ l
“तिमीहरुले अनिताको कुरा गरेको? त्यसले त हाम्रो घर नजिकै होटलमा काम गर्छी l होटलको साहुले कस्तो गाली गर्छन् रे, खान र पढ्न पनि दिन्नन् रे l” निशुले एकै श्वासमा सबै कुरा भनिन् l

ओहो ! अर्काको घरमा काम गरेर पढेको रहेछ, एक्कासी उसको लागि माया पलाएर आयो l हिजो पनि मालिकले पिटेको र सधै पिटीरहने कुरा निशुले बताइन l उसको जीवन त्यस्तो होला भनेर मैले सोचेको पनि थिइन l उसको सट्टा म भएको भए मेरो जीवन के हुन्थ्यो होला? मलाई दु:ख लागिरहेको थियो l

भोलिपल्ट परीक्षाको अन्तिम दिन l म निशुको घरमा पढ्न जाँदै थिएँ l मैले अनितालाई देखेँ l उनले झन्डै-झन्डै आफु जत्रो नै भाँडा माझ्दै थिइन् l उनको पछाडि अझै धेरै भाँडा माझ्न बाँकी थिए l होटलमा मान्छेहरु थुप्रै देखिन्थे l भीडभाड थियो l

उनले धाराको माथि किताब राखेर पढ्दै भाँडा माझ्दै थिइन् l खाने मुखलाई जुँगाले नछेक्दो रहेछ l
म निशुको घरमा ३,४ घण्टा पढेर फर्कें l अनिता अहिले पनि धारा मै थिइन् l उनलाई देखेपछि मलाई पनि कतिखेर घर गएर भाँडा माझौं जस्तो भयो l घर पुगेर जुठा भाँडा नभेटेर सफा भाँडा भएपनि माझें l आमा छक्क पर्दै, मुसुमुसु हाँस्दै मेरो काम हेर्नुभयो l मैले २ वटा थाल, एउटा गिलास र केहि चम्चा माँझेकी थिएँ तर पानी भने एक जना मान्छेलाई नुहाउन पुग्ने खर्च गरेकी थिएँ l अलिअलि साबुन पनि बाँकी रहेछ तर मम्मी खुशी नै हुनुहुन्थ्यो किनकि मैले पहिलो पटक भाँडा माझेकी थिएँ l

परिक्षा कोठामा मैले आफुले पढेका कुरा सम्झिदै थिएँ l अनिता सरासर आफ्नो ठाउँमा आएर बसिन् l मलाई उनको बारेमा सोध्ने मन थियो तर अफ्ठ्यारो लाग्यो l कतै नराम्रो मान्ने हुन् कि जस्तै भयो तैपनि आफैलाई थाम्न सकिन l “तिमी हिजो भाँडा माझिरहेको होटेलमा काम गर्छेउ हो?” उनले मलाई पुलुक्क हेरिन् र टोलाएर बसिन् l किन सोधेछु जस्तै लाग्यो l धत् चित्त दुखाएँ भनेर धिक्कार लाग्यो l उनलाई सहज गराउंदै भने “यदि अफ्ठ्यारो लाग्छ भने नभने पनि हुन्छ l सरी है, नराम्रो लाग्यो भने.....” एकछिन टोलाएर बोल्न लागिन् “हैन दिदी सरी भन्नुपर्ने त केहि छैन, म त्यो होटेलमा काम गर्ने होइन, त्यो त हाम्रै होटेल हो l बुवाले चलाउनुहुन्छ l”

हँ तिम्रो बुवाको होटेल?त्यसो भए तिमीले किन त्यहाँ त्यस्तो काम गरेको अनि अस्ति तिमीलाई गाली गरिरहेको त्यो आइमाई को हो त ?” मैले प्रश्न माथि प्रश्न गरिरहें l “मेरी आमा क्यान्सरले बिते पछि मेरा बाले दोस्रो बिहे गर्नु भो lउहाँ मेरो आन्टी हो l” आँखाको आँशु सम्हाल्दै उनले भनिन् “मलाई त अब कुनै दिन बेच्ने कि त मार्ने रे भन्ने सुनेको छु l” मेरो आँखा पनि रसाउन थालेका थिए l सर कक्षामा प्रवेश गर्नुभयो l पेपर र प्रश्न दिनुभयो l म सरासर आफ्नो पेपर लेखिरहें l त्यो दिन अनिताले मसंग मसी पनि मागिनन्, बरु म भन्दा छिटो लेखेर गइन् l त्यो दिन परीक्षाको अन्तिम दिन भएकोले त्यो बर्षको पढाई पनि त्यहिँ सकियो l

नयाँ बर्ष पछि पहिलो दिन थियो मेरो स्कुलमा l मैले स्कुलमा अनितालाई खोज्ने प्रयास गरें तर मैले उसलाई भेटिन l निशुलाई सोधे l निशुले “खै अनितालाई त अब स्कुल पठाउदैनन् होला l” भनिन् l  मलाई नरमाइलो लाग्यो l
दिनहरु त्यत्तिकै बितिरहेका थिए, मलाई अनितासंग भेट्न मन लागिरहेको थियो l म घरको बराण्डामा बसेर चित्र कोरिरहेकी थिएँ l अचानक भूकम्प आयो l  त्यो बैसाख कहिले त्रिपाल र कहिले घरमा बसेर बित्यो l जेठ देखि स्कुल जान थालेँ l

एकदिन म सृष्टीसंग समय निकालेर अनिताको होटेल गएँ l उनले उसैगरी भाँडा माझिरहेको थिइन् l हामीले एकैछिन कुरा गर्यौ l

भित्र होटेलमा उनकी सौतेनी आमा रक्सीको मातमा बर्बराइरहेकी थिइन् l “यो अनिते त मरेपनि हुने l काम पनि गर्दिन l अस्तिको भूकम्पले पनि लगेन l कोठा भित्र थुन्दा पनि मरिन l भगवानले यस्तालाई किन बचाई राखेका होलान् l टपक्क टिपेर नलगेर l” यो सबै कुरा अनिताले पनि सुनेकी थिइन्, भक्कानिएर रुन थालिन् l हामीलाई पनि रिस उठ्यो “आन्टी तपाईले आफ्नो मुख सम्हालेर बोल्नुस्, उसको जीवन माथि राज गर्ने तपाईको कुनै हक छैन l” मैले पनि भनिहाले “अनिताको पनि जिन्दगी छ, बाच्न दिनुस् l ऊ तपाईको आफ्नै छोरी नभए पनि छोरी जस्तै त हो नि l सौताको छोरी भनेर हेप्नु हुन्छ त l” उनी रिसाइन “चुप लाग, तिमीहरु जस्ता नाथेले मसंग बोल्ने हिम्मत गर्ने l उम्रन पाको छैन तिन्पाते, मैले जे गरे अनि तिमीहरुलाई के मतलब?”

उनले उल्टै हामीलाई थर्काइन l सृष्टीले अझै आन्टीलाई थर्काउन खोज्दै थिइन् तर रक्सीले मातेको मान्छेसंग झगडा गर्दा झन् नराम्रो होला भनेर मैले उसलाई सम्झाएँ l अझै उसको रिस थामिएको थिएन l भुत्भुताउदै घर पुग्यौं l सृष्टीले अनिताको आन्टीलाई भएभरको गाली दिई l

केहि दिन पछि स्कुलको लाइब्रेरीमा म किताब पढ्दै थिएँ l

“सुन न थाहा छ?” निशु हड्बढाउदै बोलिन् l म झस्किएँ l

“अनिता....अनिताको घरमा.....” ऊ झनै आतीई l मैले कुरा नै बुझिन l

“के भनेको,.... अनिता.. अनिता भनेर....?” मेरो कौतुहलता अझै बढ्यो l

“हिजो अनिताको घरमा पुलिस आएका थिए l अनिताको लास भेटिएछ रे घरमा l”

“के भनेको?” मलाई अचानक सबै अध्यारो भए जस्तो भो l

“अनिताको आन्टीले मारेको रे l आन्टीलाई जेल लगे, २० वर्षलाई थुन्न l”

मलाई चक्कर लागे जस्तो भो l लाइब्रेरीका सबै किताबहरु घुमे जस्तो भो l म न चिच्याउन सकें, न रुन सकें l न केहि बोल्न सकें l

किन भयो यस्तो? कसरी भयो यस्तो? के दोष थियो बिचरा त्यो सानी नानीको? के पाप गरेकी उसले, यति चाडै यो संसार छोडेर जानुपर्ने? मनमा प्रश्नका छालहरू उठ्न थाले l के हो यसको कारण? गरिबी? हाम्रो समाज? हाम्रो शिक्षा? वा कुलत? के हो?

मलाई उसंग बिताएको समय फनफनी घुम्न थाल्यो l उसले धारमाथि किताब राखेर पढेको l “दिदी मलाई पढ्न मन छ” भनेको l उसका सफा र मिलेका अक्षर l सबै मेरो वरिपरी घुमे l
*****

आज धेरै दिन पछी टुक्रा-टुक्रा गुलाबका फूलका पत्रहरु देख्दा त्यहि अनिताको याद आयो l ऊ फुल्नै नपाई झरेको एउटा फुल थिइ l चम्किनै नपाई खसेको एउटा तारा थिइ l  

********** 





Jul 3, 2018

Meat


Meat, would you like to eat?


Add caption
Talking about vegetarianism, many people think that it will lead towards malnutrition. They believe that the vegetarians will not get enough nutrients and will become weak but with the advancement of science in our modern society, such concept has been proved wrong.

According to the scientists and the doctors, humans are made to be vegetarians, since many parts of our body tell us to be so. For example, our intestine, the length of our intestine is about 10-20 times more than the length of our body. So we need more time for digestion. If we leave meat decaying for too long in our body, it will poison the bloodstream and thus increase the burden of the liver.

While talking about the digestion in human body, the question may arise ‘what about the carnivorous animals?” Well the answer is that the carnivorous animals have stronger digestive system than us by 20 times. Their intestines are not as lengthy as ours. It is only about 3 times the length of their body. Hence the flesh gets digested swiftly and does not stay too long in the body.

In addition, meat contains a lot of uric acid and urine elements which will burden the function of kidney. It may lead to kidney sickness and inflammation of the joints. Cholesterol or the fat of the animals is difficult to be melted and digested completely in our body. With this fat the blood is thickened and may lead to diseases such as hardening of arteries, high BP, and so on.

The meat is harmful in itself and the use of lots of antibiotics, coloring, preservation, pesticides and so on makes it even worse. Many times animals die because of overdose of such chemicals and injection. In fact, they die because they are contaminated by chemicals before they are killed. A man who eats such animals is encouraging the growth of cancerous cells.

There are many vegetables and fruits through which we can fulfill our hunger and can be very delicious. But instead of eating them we love eating the body of innocent animals that have life and want to live. This shows how cruel and inhuman we are though we are humans.

Green vegetables and fruits belong to the category of salty food. They help the blood to maintain its salty condition. Besides, such a person who eats vegetables will feel refreshed, energetic and full of endurance. S/he will be healthy and lead a long life.



“One meal of pure vegetarian food can save ten thousands of lives."


Name: Laxmi Sambahamphe
Class: 9


Jun 15, 2018

चेलाहरुले आफ्नै गुरुहरुलाई जिते


Team of Class 9 and Teacher 

एलिशा के.सी. 
२०७५/०२/३० गते,काठमाडौँ 

“भालेले अण्डा पार्दैन, student कहिले हार्दैन” बिद्यार्थी चिच्याईरहेका थिए l

तर जब हुटिंग गरिरहेका बिद्यार्थी नजिकै शिक्षक पुग्नुहुन्थ्यो, विद्यार्थीको स्वर मधुरो हुन्थ्यो l
बिस्तारै “We want- Teachers” भन्न थाल्थे l

विश्वकप फुटबल शुरु हुने दिन बिहिबार CEA High School, Nayabazar अन्तर्गत Futsal Club ले आयोजना गरेको बिद्यार्थी र शिक्षक बीचको फुट्सल खेल सम्पन्न भएकोछ l अघिल्लो दिन अर्थात बुधबार भएको कक्षा ८ बिरुद्द कक्षा ९ को खेलमा कक्षा ९ बिजयी भएको थियो l  बिहिबार पनि त्यहि लयलाई पछ्याउदै कक्षा ९ ले कक्षा १० लाई पनि ५ का विरुद्ध ३ गोल गर्दै पाखा लगाएको थियो l

“अब त शिक्षकको पालो” भन्दै राजेश सर मैदानमा प्रवेश गर्नुभयो l  सबै खेलाडीको आँखामा निराशा देखियो किनभने केहि समय पहिलेको खेलमा राजेश सरको पाँच गोलको मद्दतले बिद्यार्थी पराजित भएका थिए र अहिले फुट्सलका दुई जना कोच पनि मैदानमा हुनुहुथ्यो l

उताबाट “सन्तोस सर उठ्नु-उठ्नु,उठ्नु” भन्दै हुटिंग गरिरहेका विद्यार्थीले प्रिन्सिपल सरको नाम लिन भने डराइरहेका थिए l

बिद्यालय परिवारका साथै अन्य मानिसको पनि चासो बढ्दै गयो l

खेल करीब एक घण्टा चल्यो, केहि घाइते र चोटपटक लागे l पसिनाको धारा बग्यो तर शिक्षकहरुको टीमको केहि जोर चलेन र अन्त्यमा १५ का बिरुद्द ९ गोलले पराजित हुनुभयो l रोशन,भिसान्त,बसन्त,सुदिप र समीरले गोल गरे भने शिक्षकको तर्फबाट बिबेक सर,रोशन सर,राजेश सर र सन्तोस सरको प्रदर्शन उत्कृस्ट रह्यो l

बिद्यालय फर्किदै गर्दा खहरे सरले भन्नुभयो “हामीले हारेर के भो र? हाम्रा विद्यार्थीले हामीलाई जिते l यो त खुशीको कुरा हो l हामीले नै सिकाएका विद्यार्थीले हामीलाई जित्दा गर्व लागेको छ l” सबै विद्यार्थीको अनुहार धप्प बल्यो l थकाई बिर्सिए l  

May 31, 2018

Social Awareness Program of CEA Scout Troop on the occasion of NO SMOKING DAY


RALLY ON ‘NO SMOKING’ DAY 

(WITH CEA SCOUT TROOPS.)

No Smoking Day is an annual health awareness day in the United Kingdom which is intended to help smoker who want to quit smoking. The first “No Smoking” Day was on Ash Wednesday in 1984 and it now takes place on the second Wednesday in March.
Each year, the campaign is promoted with a theme in the form of a short phrase. In 2010, this theme was "Break free", encouraging smokers to break free from the chains of cigarettes and quit on No Smoking Day. The 2011 theme was "Time to quit?". Research conducted by GfK NOP following the 2009 campaign found that 1 in 10 smokers quit on No Smoking Day.
So, today on the vary day of “no smoking” day, our scout and social welfare club organized a small rally with some play-cards, pamphlets along with school flag and national flag.
 It was about 4’oclock when we marched towards our rally for “no smoking” day. We start our rally by taking some photo and clips. As, I was holding the banner of my school we started our rally and everyone followed me and Mariyam. 
Not only me, all the scout was looking so excited because it was the first time we had rally in this year 2075. All of them were catching at least one play-cards in their hand by showing the symbol of no smoking and many other different slogans.
As, we were in the public places areas many of the people were found smoking. We didn’t harass them instead we pasted some slogans on the pole of the electricity. Some of the people threw away the ciggegeratte that they were smoking while some of them didn’t concerned us. So many people were in the mass all them were reading out the slogans.
One much interesting thing happened on the way, when we were about to return to our school. One of the old woman came to me and asked the reason for rally. When, I answered her she again requested me to tell the same thing to her husband who was not either there. Once, I thought how was that woman was. I laughed a lot on the way by listening her words and her way of speaking.
We reached our school at 5’o clock. As we were very tired we took rest for a while and handover the banners and play-cards to our coordinator sir and returned home.
Now, also when I thought about the rally with the banner I felt so tired. But, when I remembered the old woman I felt so comedy at her.
Smoking is injurious to health.
Thanks for your co-operation!
The end!
Article by:- Alisha K.C.
Class: 9 (scout and magazine club)
photo by:- Rajesh Upreti Sir