Jun 10, 2018

कक्षा ७ "गान्धी" का केहि कविताहरु

(विश्व वातावरण दिवसको अवसरमा अभिव्यक्ति कक्षामा लेखिएको केहि कविताहरु ) 

सरसफाई  

गर्नुपर्छ हामीले, सधै सरसफाई,
सफा राख्नुपर्छ, वातावरणलाई

सफा गरौँ हामी, सबै स्वस्थ हुन्छन्
फोहोर गर्नेहरु, लाजै मान्दै रुन्छन्

वरिपरी सफा भए, हुन्छौं सबै स्वस्थ,
सफा जिउ, सफा मन, सफा मस्तिस्क,

जताततै हामी मिलि, सरसफाई गरौँ,
सफा पारी सबैको मन,खुशीले भरौं,

सफा गर्यौं भने हुन्छ हँसिलो मन,
सफा गर्ने मान्छेको,सफल हुन्छ जीवन l


लेखक:-अभिनव,सनिप,नकुल

वातावरण 
हेर हाम्रो वातावरण,कति सफा छ,
वरिपरी जताततै, हरियाली छ,

वातावरण हाम्रो लागि, छ महत्वपूर्ण,
यसलाई फोहोर बनाएमा, हुन्छ जीवन अपूर्ण,

वातावरण जोगाएमा, धेरै राम्रो हुन्छ,
हाम्रो घरमा सफा पानी कलकल बग्छ,

वातावरण हो हाम्रो सबैभन्दा ठूलो,
जोगाएमा यसलाई हुन्छ सबको भलो,
लेखक:- प्राप्ति,अप्सा,स्नेहा  

हावा 

हामी सबै स्वस्थ हुन्छौं, हावा स्वच्छ भए, 
कस्तो होला हाम्रो जीवन, हावा नै नरहे? 

बिचार गर है,साथी भाई, बिचार गर नानी,
यदि हावा भएन भने,के हुन्छौं हामी, 

हामी विश्व वातावरण दिवस मनाउँछौँ,
सबैलाई सचेत बनाउँदै,वातावरण सफा राख्छौं, 

 नाङ्गो हाम्रो आँखाले देख्न नसकिने हावा,
तर त्यहि हावा भएन भने, जीवन कसरी जाला?


लेखक:- मानस्वी,सिम्रिका,चेरी   



रुख 
रुख रोपौं जताततै,बनाउँ हरियाली,
हरियाली भयो भने हुन्छ खुसियाली,

हामीलाई जीवन दिने हाम्रो रुख साथी,
यसलाई जोगाई राख्यो भने,हुन्छ सबै जाती,

रुखलाई हामीले जोगाउनु पर्छ,
एउटा रुख काट्न परे,अर्को रोप्नु पर्छ,

रुख जस्तो राम्रो साथी अरु को पो हुन्छ,
रुखलाई काट्यो भने,मेरो मन रुन्छ,

त्यसैले आज देखि रोपौं है रुख,
यसले जस्तो अरुले दिन्न हाम्लाई सुख l

लेखक:- प्रदिप,राजबिर,सुप्रिम 


चरा 

चरा जस्तै उड्न पाए आकाशको माथि,
हेर कती रंगीचंगी चराहरु साथी,

साना-साना सिन्का जोडी बनाउछन घर,
यति सानो राम्रो घर,अरु कसको छ र?

चराहरु मध्ये मलाई मनपर्छ मयुर,
चरालाई मार्नु हुन्न, बुझ्नुस् है हजुर,

मयुरले नाच्छ सधै पंख फिजाएर,
बहिनी पनि हेरिराख्छे मन पराएर 

लेखक:-श्रेया,सिसम 


No comments:

Post a Comment