१) अकबरी सुनलाई कसी लाउन पर्दैन (राम्रो कुरालाई जाँच्नु पर्दैन)
२) अचानाको पीर खुकुरीले जान्दैन (भोग्नेले मात्र दुःख चाल पाउँछ)
३) आए आँप गए झटारो (भए राम्रै हो नभए पनि केही छैन)

५) आगो लागेपछि इनार खन्नु (समयमा नै वा पहिला नै नसोच्नाले पछि दुःख पाउनु)
६) आफूले खनेको खाल्टोमा आफैँ पर्नु (अरुको कुभलो चिताएर गरेको कामले आफैँलाई हानि गर्नु)
७) आलु खाएर पेडाको धाक (क्षमता नभए पनि फुस्रो ढाँचा देखाउने काम)
८) इन्द्रका अगाडि स्वर्गको बयान (धेरै जान्नेका अगाडि नजान्नेको बयान महत्वहीन हुन्छ)
९) एक हातमा चुल्ठो, एक हातमा टुटी (लोग्ने ए स्वास्नीको बीचमा चर्का झगडा)
१०) कसैलाई काखा, कसैलाई पाखा (पक्षपातपूर्ण व्यवहार)
मानस्वी ढकाल
कक्षा:-७
No comments:
Post a Comment