के-के भयो जेष्ठ १५ गते बिद्यार्थीको निर्वाचनमा?
"बिजेताको नाम S बाट आउँछl” सन्तोस पाण्डेय सरले माइकमा भन्नु भो l
बिद्यार्थीको हुलबाट एकै स्वरमा “शिशिर ढकाल र समीर खड्का”को नाम
सुनियो l
बिद्यार्थीहरु खस्याकखुसुक गरे र जिल्ल परे, किनकि दुबै उम्मेद्वारको
नाम 'S'
बाटै आउँथ्यो l
सबैजना शुक्रबार देखि शुरु भएको चुनाबी प्रक्रीयाको अन्तिम दिनमा छन्
l आज मंगलबार अर्थात जेष्ठ १५ गते मैदानमा बिद्यार्थी, उम्मेदवार र शिक्षकको भिड छ l सबैको जिज्ञासा “विद्यालयको
हेड ब्योयमा को बिजेता होला?” भन्ने छ l
फेरी सन्तोस सरले भन्नु भो “उसको थरमा अंग्रेजी d,h,a,k, अक्षर छ l”
बिद्यार्थीले पुरै बिद्यालय थर्काउँदै Shishir Dhakal भने तर एकछिनमा
पुनः जिल्ल परे किनकि Sameer Khadka थरमा पनि d,h,a,k, आउँथ्यो l
पुनः पुरै भीड शान्त भयो l स्वास रोकेर सबैको ध्यान माइकको आवाजमा
केन्द्रीत थियो l हेड गर्लमा सजिना दाहाल बिजयी भैसकेकी थिइन l मनिषा मिश्रको १६०
भोटका बिरुद्ध १७८ भोट ल्याएकी दाहालले २०७५ सालको हेड गर्लको लागि भएको चुनाबी
परिणाम आफ्नो पक्षमा पारिसकेकी थिइन् l
सन्तोस सरको आवाज चिच्याउँदा-चिच्याउँदा धोद्रो भैसकेको थियो l
“बिजेता भाई, टीका सर र मीनु म्यामको अगाडि छन् l” भीडले टीका सर र
मीनु म्यामलाई खोज्यो र अहिले पनि जिल्ल पर्ने पालो बिद्यार्थीको नै थियो किनकि
दुवै जना सर म्यामको अगाडि थिए l
"ल अब अन्तिम हिन्ट्स l बिजेताको थरमा ६ वटा अक्षर छन् l"
बिद्यार्थी अलमलिए र अक्षर गन्न थाले l
DHAKAL,
KHADKA
फेरी जिल्ल l
प्रतिक्षाको घडी एकदमै लामो भैरहेको थियो l दिउसो १ बजेबाट आ-आफ्नो
क्लबमा ६ वटा बुथ तथा कक्षा १० र क्लब बाहिरका बिद्यार्थीको लागि तयार गरिएको एउटा
बुथ गरी जम्मा सात वटा बुथमा मतदान सम्पन्न भएको थियो l शिक्षक, बिद्यार्थी र उम्मेदवारको धुक्धुकी बाहिर
नै सुनिन्थ्यो l
सन्तोस सरको प्रत्येक शब्दलाई सबैले ध्यान दिइरहेका थिए l गत बर्षको
चुनाबमा झिनो अन्तरले हारेका शिशिर ढकाल र गत बर्षका बिजेता हेड ब्योयको बर्खास्ती
पछि नियुक्त भएका समीर खड्कामा कसले जित्ने अड्कल गर्नु फलामको चिउरा चपाउनु सरह
थियो l
तर निर्वाचन परिणाम सुनाउनु नै थियो र निर्वाचन कमिटि अन्तर्गत राजेश
उप्रेती सरको नेतृत्वको मत गणना समितिले हेड ब्योयमा मात्र २ भोटको अन्तर देखिए
पछी करिब चार पटक मत गनेको थियो l परिणामका लागि सबैको चासो थियो l
“चुनाबी परिणाम सबैले स्विकार्नु पर्छ, यहि त हो नि चुनाबको सौन्दर्य, गणतन्त्रको सौन्दर्य l”
र अन्त्यमा माइकमा सुनियो “शैक्षिकसत्र २०७५ को हेड ब्योयको बिजेता
समीर खड्का भएका छन् l उनलाई धेरै-धेरै बधाई l”
भीडको चर्को आवाजले वातावरण नै थर्कियो l वरिपरिका घरका झ्यालबाट
मान्छेका टाउका देखिए l भुइँमा धुलोको तुवाँलो निस्कियो l सबैका अनुहार राता
भए,केहीका खुशीले,केहीका दुखले l
सबिता काप्री म्यामले आफ्नो भावलाई ओठ टोकेर लुकाउनु भो l मीनु म्याम निहुरिएर
खुट्टाले भुइँ कोट्याउनु भो l
तर अन्ततः नतिजा आयो र १३१ का बिरुद्ध १३३ मतले समीरले शिशिरलाई पछाडी
पारे l
दर्शक दीर्घामा “पोहोर पनि हारेको अहिले त शिशिरले नै जित्नु पर्थ्यो”
भन्ने आवाज सुनियो l त्यत्तिकैमा मोती गैह्रे सर र राजेश उप्रेती सरले भन्नु भो “चुनाबी
परिणाम सबैले स्विकार्नु पर्छ, यहि त हो नि चुनाबको सौन्दर्य, गणतन्त्रको सौन्दर्य
l”
आज जेष्ठ १५ गते अर्थात गणतन्त्र दिवस l बिद्यार्थीहरुलाई गणतन्त्रको
जानकारी र यसको बिशेसता बुझाउने अभिप्रायले विद्यालयले चुनाबी कार्यक्रम आयोजना
गरेको थियो l विद्यार्थीले एक वर्षको लागि आफैले आफ्नो नेतृत्व चयन गरेका थिए l ६
वटा क्लबका प्रमुख र उप-प्रमुख तथा हेड ब्योय र हेड गर्ल चयन गर्न चुनाबी
कार्यक्रम आयोजना गरिएको थियो l
यसै सन्दर्भमा चुनाबी कार्यक्रम संचालानार्थ गठीत समितिका प्रमुख निर्वाचन
आयुक्त तथा बिद्यालय सह-प्रधानाध्यापक मोती गैह्रेले चुनाबको महत्व र प्रक्रियाको
बारेमा बिद्यार्थीलाई जानकारी गराउनु भएको थियो l शुक्रबार आवेदन फारम वितरण गरी सोमबार
आवेदन संकलन, उम्मेदवार उपर उजुरी संकलन र निर्णय गरी साँझ उमेद्वारको नामावली
प्रकाशन गरिएको थियो l विगतमा पहिलो हुनेले जित्ने तथा उमेद्वारलाई भन्दा पनि
चुनाब चिन्हलाई मत दिने प्रणालीमा सुधार गर्दै सिधै नाममा रेजा लगाउने तथा पहिलो
हुने क्लब प्रमुख हुने तथा निकटतम प्रतिद्वन्दी उप-प्रमुख हुने पद्दति बसालिएको
थियो l
प्रमुख निर्वाचन आयुक्त मोती गैह्रेका अनुसार यो प्रणालीमा झिनो अन्तरले
हार्ने व्यक्ति पनि काम गर्ने अवसरबाट बन्चित हुनु पर्दैन र बाँकी क्लब सचिब, कोषाध्यक्ष
र सदस्य क्लब कक्षागत प्रतिनिधित्व गराउंदै शिक्षक र क्लब प्रमुखले उपयुक्त
व्यक्तिलाई मनोनयन गर्छन, जसले गर्दा क्लब गतिबिधि इच्छाएको गतिमा लैजान सकिन्छ l
त्यसैगरी Scout, Social Work and Round Table Club को प्रमुखमा रेश्मा
सापकोटा तथा उपप्रमुखमा निकिता माझी निर्वाचित भएकाछन l Futsal, Table Tennis and Badminton क्लबमा सुमन थापा प्रमुख र आशिक राना उप-प्रमुख, Martial
Art and Self Defense club मा सोयल तामांग प्रमुख र रोशन खड्का उप-प्रमुख, Dance,
Cultural and Yoga club मा सजना थापा प्रमुख र अभिलाषा बाँनिया उप-प्रमुख, Music,
Performance and Intelligent Club मा रियोज बाँनिया प्रमुख र सुप्रिम भट्ट
उप-प्रमुख र Art, Sculpture, Photography and Design मा मनोज थापा प्रमुख र स्वीकृति मगर उप-प्रमुख
निर्वाचित भएकाछन l
मत गणना प्रमुख राजेश उप्रेतीका अनुसार कक्षा ३ देखि १० सम्मका
बिद्यार्थी मध्ये ९०% अर्थात ३५१ मत खसेका थिए भने त्यस मध्ये ३ मत बदर भएका थिए l
चुनाबी मैदानमा सहभागी ३१ जना मध्ये १ जना उम्मेदवार मतदानको समयमा अनुपस्थित
रहेका थिए l
आज निर्वाचित सबै बिद्यार्थी Leaders Club का
सदस्य भएकाछन्, जसको नेतृत्व र निगरानी प्रिन्सिपल राजेन्द्र बाँनियाले गर्नुहुन्छ
l
No comments:
Post a Comment